
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।
प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको मंसिर १९ गते शल्यक्रिया भएको थियो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा.घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।





