
काठमाडौँ । सरकारले कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन गरेको छ ।
१३ भदौ २०८० मा निर्देशक बनेका डा. पंकज राय जिम्मेवारी मुक्त भएका छन् ।नयाँ निर्देशकको रुपमा डा.रामहरि चापागाँईले जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मन्त्रिस्तरीय निर्णय गर्दै डा. रायले सम्हाल्दै आएको जिम्मेवारी डा. चापागाईँलाई सारेकी हुन् । काभ्रे,पनौतीका डा.चापागाईँ पनि एघारौँ तहका चिकित्सक हुन् ।
डा.रायलाई तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेतले कान्तिको नेतृत्व सुम्पिएका थिए । त्यस यता उनी लगातार नेतृत्वमा रहेर काम गरेका थिए ।
उनी लगातार लामो समय कान्तिको नेतृत्व गर्ने निर्देशकको रुपमा पर्दछन् ।
अघिल्लो साता नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्दा उनी सरकारी गाडी लिएर निजीमा सेवा दिन गएको भन्दै भिडियो भाइरल भएको थियो ।
त्यसपछि मन्त्रालयले उनीमाथि स्पष्टीकरण सोधेको थियो ।



