
काठमाडौं । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियेरविरूद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव पारित भएको छ।
बुधबार फ्रान्सको संसदले प्रधानमन्त्री बर्नियेरविरूद्धको अविश्वास प्रस्तावलाई भारी मतले पारित गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अविश्वास प्रस्ताव पारित गर्न २८८ भोट आवश्यक रहेकोमा ३३१ जनाले पक्षमा मतदान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री बर्नियेरले बिहीबार राजीनामा दिनसक्ने बताइएको छ।




