काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।
शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आसन्न औपचारिक चीन भ्रमण र विविध विषयमा राष्ट्रपति पौडेलसँग उनको भेट र छलफल भएको हो ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।


