धनगढी ।जिसस कैलालीको जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
टीकाकुमारीले सत्तारूढ दल नेकपा एमालेको समर्थनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् ।



