
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौंका निम्ति प्रस्थान गरेका छन् ।
उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाई गरे ।
राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२९)मा सहभागी भएर बिहीबार साँझ कतारको दोहा आइपुगेका थिए ।





