
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ।
बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले पराजित गरेको हो।
खेलको ५५ मिनेटमा अर्जेन्टिनाको जितमा मार्टिनेजले निर्णायक गोल गरे ।
१२ खेलबाट २५ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ ।


