
भैरहवा । कतार एयरवेजले मंगलबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरू गरेको छ।
कतारको वाइडबडी जहाज आज दिउँसो पौने ३ बजे विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी बिनोद सिंह रावतले बताए।
अब कतारले भैरहवामा नियमित उडान गर्नेछ। यससँगै यो विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ।







