
काठमाडौं ।आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ।
अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको हो।
लिग-२ खेल्नुअघि मेरिकासँग टी-२० सिरिजमानेपालले क्लिन स्वीप गरेको थियो।
हिजोमात्र छनोट भएको नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की,आरिफ शेख,कुशल मल्ल,दिपेन्द्रसिंह ऐरी,अर्जुन साउद,सोमपाल कामी,करण केसी,गुल्सन झा,रिजन ढकाल,सन्दीप लामिछाने,देव खनाल,सागर ढकाल छन्।
सिरिजपछि अमेरिका र स्कटल्याण्डसँग लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित भएको थियो।




