
काठमाडौं इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको छ ।
अन्य चारजना सैनिक गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।
आईडीएफले जनाए अनुसार मारिनेहरूमा दुई अधिकारीसहित आठौँ सशस्त्र ब्रिगेडका जवानहरू थिए ।्
उक्त घटनामा सात इजरायली सैनिकलाई सामान्य चोट लागेको र अन्य १० जना सामान्य घाइते भएको बताएको छ ।
यस घटनाले बुधबार र बिहीबार दक्षिणी लेबनानमा मारिएका इजरायली सैनिकको संख्या १० पुगेको छ, जबकी ११ गम्भीर घाइते भएका छन् ।




