
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरूण दलले विधान संशोधन गरेको छ । विधान मस्यौदा समितिले तयार गरेको विधानलाई ५ र ६ गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकले पारित गरेको छ ।
उपाध्यक्ष ३, महासचिव २, र सचिव ३ जना हुने गरी विधान बनाइएको छ,भने १२ वटा विभिन्न विभागको व्यवस्था गरिएको छ ।
संशोधित विधान अनुसार केन्द्रीय समितिको संख्या ९७ जनाको बनाइएको छ । यस अघिको विधानको अनुसार ९५ जना केन्द्रीय सदस्य हुने व्यवस्था भएकोमा अहिले विधान संशोधन गरी ९७ जनाको हुने बनाइएको छ ।



