
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई जोनएफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली काबा महावाणिज्यदूत चक्र सुवेदी तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने कार्यतालिका अनुसार अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





