
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
चारवटै विधामा उत्कृष्ट पाँचरपाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको बताइएको छ ।
र्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराँते) र सुवास तामाङ (गल्फ) परेका छन्।
यस्तै महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराँते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन् ।
युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिसं) परेका छन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो) ,कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट) ,पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन )भारोत्तोलन) परेका छन् ।
मनोनयनमा परेका मध्येबाट अवार्डकै दिन विजेता घोषणा गरिने जानकारी दिइएको छ ।
पिपुल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी) प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार भैरहेको छ ।
यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस, एसिया)को कंग्रेस पनि आयोजना गर्नेपनि जानकारी दिइयो । एनएसजेएफ एआईपीएस एसियाको सदस्य हो ।
स्पोर्टस अवार्डका अन्य विधा पारा एथलेट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जनर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते प्रज्ञा भवनमा हुनेछ । यसको मुख्य प्रायोजकहंशराज हुलासचन्द एन्ड कम्पनी रहेको छ ।
यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ ।
को छ ।





