Tottenham Hotspur's Wilson Odobert, left, and Newcastle United's Sean Longstaff battle for the ball during the Englidh Premier League soccer match between Newcastle United and Tottenham Hotspur at St James' Park, Newcastle, England, Sunday Sept. 1, 2024. (Owen Humphreys/PA via AP)
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले शानदार जीत दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । लिभरपुलका लागि लुइस डियाजले २ गोल गर्दा मोहमद सलाहले एक गोल थपेका थिए ।
खेलको पहिलो हाफमा लुइस डियाजले दुई गोल गर्दै लिभरपुललाई बलियो स्थितिमा पु¥याएका थिए । डियाजले खेलको ३५ औं र ४२ औं मिनेटमा गोल गरेका थिए, जसमा मोहम्मद सलाहले दुवै पटक असिस्ट गरेका थिए ।
खेलको ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता ३–० बनाएका थिए ।
यो जितसँगै लिभरपुलले लिगमा लगातार तीन खेल जित्दै क्लिन सिट राखेको छ । म्यानचेस्टर युनाइटेड भने लगातार दोस्रो हार व्यहोर्न बाध्य बन्यो ।

