काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको अधिवेशनमा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली फर्किंदै छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका ओली स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली स्वदेश फर्किने क्रममा आइतबार साँझ अमेरिकाको बोस्टनबाट कतारको दोहातर्फ प्रस्थान गरेको जनाइएको छ ।

