
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकामाथि जित निकालेको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अंक जोडेको छ ।
यस खेलमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपेका थिए ।
पहिलो खेलमा पाक्स्तिानसँग पराजित भएको नेपालले तेस्रो खेल भुटानसँग खेल्नेछ ।

