
काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी छन् ।
सोमबार नयाँदिल्लीस्थित हैदरवाद हाउसमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन् ।
“मैले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणको लागि भारतीय प्रधानमन्त्री मोदीलाई पठाउनु भएको निमन्त्रणा हस्तान्तरण गरेको छु,” मोदीसँग शिष्टाचार भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ । हामीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गर्यौँ । मलाई आशा छ यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ।”
भारतीय प्रधानमन्त्रीले अनुकूल समयमा नेपालको भ्रमण गर्ने आश्वासन दिएको पनि बताइएको छ ।




