काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।
डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिकामा उनी आसिन हुनेछन् ।
यसअघि अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।



