
आर्सलनको प्रिमियर लिगमा लगातार दोस्रो जीत
काठमाडौ । आर्सनलले प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
एस्टन भिल्लाको मैदान भिल्ला पार्कमा भएको खेलमा आर्सनलको लागि लियोन्ड्रो ट्रोसार्ड र थोमस पार्टेले दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ बराबरीमा रोकिएकोमा दोस्रो हाफमा लगातार दुई आर्सनलले दुई गोल गरेको छ ।
यो जीतसंगै आर्सनल म्यानचेष्टर सिटी र ब्राइटनस समान ६ अंक जोडेको छ ।


