
काठमाडौं । देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ ।
ललितपुरको गोदावरी नगरपालिकामा १६ जना, काठमाडौंको टोखा नगरपालिकामा आठ जना र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा )ईडीसीडी)ले जनाए अनुसार हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अतिसंक्रामक झाडापखालासम्बन्धी रोग हो ।
हैजाबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्यविज्ञहरुले सुझाएका छन् ।





