
काठमाडौ । प्रदेश प्रमुख नजिर मिँयाले दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
शुक्रबा मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन प्रक्रिया अगाडि बढाएका हुन्।
मुख्यमन्त्रीका लागि सांसदहरूबीच रस्सकस्सी नै चलेको छ।
यसअघिका मुख्यमन्त्री एवम् संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र सासंद बहादुरसिंह थापा मुख्यमन्त्रीको दौडमा छन्





