
भक्तपूर ।लघुकथा समाज, नेपालले १७औँ लघुकथा दिवसका अवसरमा ‘धनमान लघुकथा पुरस्कार–२०८१’प्रदान गरेको छ ।
शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रा.डा.कुमारप्रसाद कोइरालाले लघुकथाकार श्याम आशालाई उक्त पुरस्कार प्रदान गरे ।
प्रमुख अतिथि प्रा.डा.कोइरालाले समाजले लघुकथाको उन्नयनमा खेलेको भूमिकाको चर्चा गर्दै यस किसिमका पुरस्कार र सम्मानले स्रष्टालाई लेखनीमा ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजका अध्यक्ष साहित्यकार गोपाल अश्क, पुरस्कृत व्यक्तित्व श्याम आशा, कथाकार ध्रुव मधिकर्मी, श्रीबाबु कार्की, सुमन सौरभ, छविरमण सिलवाल, भक्तराज श्रेष्ठ, पुरस्कारका संस्थापक धनमान श्रेष्ठ लगायतले आआफ्नो विचार ब्यक्त गरे ।





