
बागलुङ । हिजो सोमबार बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो।
हिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ,घाइते दुई जनाको स्वास्थ्य अबस्था गंम्भिर भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन् ।

