
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको बैठक आइतबार बस्दैछ।
आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुने दलकी सचेतक निशा डाँगीले बताइन ।
उनले बैठकमा प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने पनि जानकारी दिइन्।



