BANGI, MALAYSIA - SEP 03: Pictures from the match between Malaysia and Nepal held at the YSD UKM Oval on September 03, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
विहिबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाएका थिए भने इशान पाण्डेले २०, रोहित पौडेलले १० तथा दिपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको थियो । त्यस्तै, मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
नेपालले यसअघि बहराइनलाई पराजित गरेको थियो । प्रतियोगितामा अब नेपालले तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।




