
काठमाडौँ । घरेलु टोली मलेसियाले एसीसी प्रिमियर कपमा नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार यूकेएम यूएसडी ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो ।
मलेसियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४, मोहम्मद स्याहदत रमीलले १३ रन जोडे ।
नेपालका करण केसीले चार, ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानले एक/एक विकेट लिए ।
