
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
पर्सी शुक्रबार प्रधानमन्त्रीले लिने भनिएको विश्वासको मतको पक्षमा मतदान गर्ने वा विपक्षमा मतदान गर्ने भन्ने सम्बन्धमा बैठकमा छलफल गरिने बताइएको छ ।

