
जनकपुरधाम । मधेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत राखेका छन् ।

