काठमाडौ । अर्जेन्टिनाका लाउटारो मार्टिनेज कोपा अमेरिका २०२४ को सर्वाधिक गोलकर्ता बनेका छन् ।
अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलमा मार्टिनजले सर्वाधिक ५ गोल गरेका हुन् । उनकै निर्णायक गोलमा अर्जेन्टिनाले सोमबार बिहान भएको खेलमा कोलम्बियालाई १-० ले पराजित गर्दै कीर्तिमानी १६औं पटक उपाधि जितेको हो ।
फाइनलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले ११२औं मिनेटमा विजयी गोल गरेका थिए ।उनले अर्जेन्टिनाको लागि सुरुवाती तीनवटै खेलमा गोल गरेका थिए जहाँ उनले एक खेलमा मात्र पहिलो रोजाइमा खेलेका थिए ।
मार्टिनेजले समूह चरणको तीनवटै खेलमा गोल गरेका थिए । क्यानडा र चिलीविरुद्ध १-१ गोल गरेका उनले पेरुविरुद्ध दुई गोल गरेका थिए । फाइनलमा उनै लाउटारो निर्णायक बने । टीमलाई विजयी गराए र आफूले सर्वाधिक ५ गोल गर्दै अवार्ड जिते ।