
काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ।
अहिले भर्खरै सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले आज कोलम्बियालाई १(० गोलले पराजित गरेर कोपा अमेरिका २०२४ को उपाधी जितेको हो ।
निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो। जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले खेलको ११२औं मिनेटमा गोल गरेका थिए।
यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो। अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो। १६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ। अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको छ।
मेसीको अर्जेन्टिनाले कोपा २०२४ को उपाधि जितेसँगै तीन वर्षमा तेस्रो उपाधि जित्न सफल भएको हो ।





