
काठमाडौं । आँपको सिजन सकिएसँगै आँप महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा एक साताको अन्तरालमा २३.५ प्रतिशतले आँप महँगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार आज बुधबार दशहरी आँप र मालदह आँप प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । यस अघि रु.१२० प्रतिकिलोमा विक्री भैरहेको थियो ।

