डालास, आईसीसी टी २० विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले विजयी शुरुवात गरेको छ । क्यानडासँगको खेलमा आयोजक अमेरिका क्यानडाले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य ३ विकेटको क्षतिमा १७.४ ओभरमै पछ्यायो ।
अमेरिका क्यानडासंग ७ विकेटले विजयी भएको छ । अमेरिकामा विश्वकप इतिहासकै पहिलो खेल खेलिएको हो ।
अमेरिकी जीतमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्वपूर्ण योगदान गरे । गौसले ६५ रन बनाए भने जोन्सले ९४ रनको अविजित योगदान गरे । यी दुईको साझेदारी १ सय एकतिस रनको रहेको थियो ।