
डेंगुको डर
प्रा.डा. सुमनराज ताम्राकार
चिकित्सा क्षेत्रका गतिला पाठ्यपुस्तकहरु नेपाली भाषामा उपलब्ध नभएका कारण महामारी फैलिएको बेलामा वा फैलिने सम्भावनाहुँदा स्वास्थ्य सम्बन्धि चेतनाहोस् भनेर लेख्न चाहेपनि प्राविधिक शब्दावलीको अभावले नेपालीमा लेख्न चाहेपनि अलि असजिलो महशुश हुँदोरहेछ । अंग्रेजी तथा नबुझिने खालका ठेट चिकित्सा सम्बन्धि शब्दावलीहरुका कारण सम्पादकलाई पनि कठिनाई हुँदोरहेछ । यस्तै नियति छ डेंगु अर्थात् डेंगीको सवालमा । कतिपय बेलामा“Dengue”लाई के भनेर उच्चारण गर्ने भनेर माथापच्ची छ।
डेंगुका लक्षण चिन्ह तथा बच्ने उपायलाई हालै उक्त क्लबले जनहितकालागि उपयुक्त सचेतनामूलक सूचना जारी गरेको छ । सूचनामा उल्लेख गरिए अनुसार एक्कासी उच्च ज्वरो आउनु डेंगुको मुख्य लक्षण हो । यो स्वास्थ्य समस्यापनि भाइरसका कारण हुने हुनाले अन्य भाइरल समस्यामा जस्तै यसमा पनि ज्वरोसँगै हाडजोर्नी तथा मांसपेशी दुख्ने, छालामा विमिरा देखा पर्ने, वाकवाकी लाग्ने, पेट दुख्ने हुन्छ । हेक्का रहोस् कहिलेकाहीँ ज्वरोरहित डेंगुपनि हुनसक्छ । अतःअन्य लक्षण चिन्ह देखा परेको छ भने पनि जचाउन जानु राम्रो हुन्छ ।
त्यसो त डेंगुलाई साधारण र गम्भीर प्रकार गरि दुई प्रकारमा वर्गीकरण गरिएको हुन्छ । अर्थात् साधारण खालको डेंगु नै क्रमशः जटिलतातिर जान सक्छ । नाकबाट रक्तश्राव हुने, दाँत माझ्ने क्रममा गिजाबाट रगत बग्ने, शरीरमा सजिलैसँग रगतजमेका दागहरु देखापर्ने, बेहोश हुने चाहिँगम्भीर खालका डेंगुका लक्षण चिन्ह हुन् ।
यसपटक देखापरेको डेंगुमुख्यतःपोथी एडिस एजेप्टी प्रकारको लामखुट्टेका कारण भइरहेको भएपनि कतिपय ठाउँमा एडिस एल्बोविक्टसका कारण पनि डेंगु पैmलिरहेको छ । यी लामखुट्टेले सारेको भाइरस विरामीको शरीरमा प्रवेश गरेको ३ देखि १० दिनभित्र लक्षण चिन्ह देखा पर्दछ । प्रायसःभाइरल संक्रमणमा जस्तै डेंगुको संक्रमणमा पनि करिब एक हप्ता निकै दुःख वा पीडा दिन्छ ।
डेंगु तथा यसका उपचारका क्रममा केही ध्यान दिनुपर्ने कुराहरुः
१. सामान्य खालको डेंगुकालागि अस्पतालमा भर्ना हुनु पर्दैन ।
२. बालबालिका, बूढापाका, मधुमेह लागेका तथा शरीरमा प्रतिरोधात्मक क्षमता कम भएकालाई छिट्टै असर गर्दछ ।
३. यी जातका लामखुट्टेले अधिकतर दिउँसो तोक्ने हुनाले प्रभावित क्षेत्रमा दिउँसोको समयमा पनि हातखुट्टा छोपिने गरि लामा बाहुला भएका कपडाहरु लगाउनु पर्दछ । प्रभावित क्षेत्रमा झ्याल, ढोकामा जाली ठोक्नु राम्रो हुन्छ ।
४. रातीको समयमा म्याट, स्प्रेवा लिक्विड भन्दापनि झुल नै बढी फाईदाजनक हुन्छ ।
५. भाइरल ज्वरो भएका कारण एन्टीबायोटिकको कुनै महत्व छैन । भाइरल संक्रमण भएका कारण यसको उपचार भनेको लाक्षणिक उपचार मात्र हो ।
६. ज्वरो वा पीडाको लागि प्यारासिटामोल मात्र खान मिल्छ, अधिकतम ६, ६ घण्टाको फरकमा २४ घण्टामा ४ पटकसम्म । दुखाई कमगर्ने औषधि खाने सिलसिलामा बु्रफेन, बु्रसैट, फ्लेक्शन वा एस्पिरिन औषधि खाँदा शरीर भित्र रक्तश्राव गराउने बढ्ता सम्भावना हुन्छ । त्यसैले चिकित्सकको सल्लाहमामात्र औषधि खानु राम्रो हुन्छ ।
७. उच्चज्वरो, पसिना तथा बान्ताका कारण शरीरबाट पानी खेर गईरहने हुनाले प्रभावित व्यक्तिलाई आवश्यक मात्रामा पिसाब गरिराख्ने हिसाबले झोलिलो पदार्थ ख्वाइ राख्नुपर्दछ ।
८. प्यारासिटामोल र झोलिलो खानेकुराको अलावा विरामीलाई यथेष्ट आराम पनि गराउनु पर्दछ ।
९. डेंगु लागेको तेश्रो देखि सातौं दिनमा ज्वरो घट्नु पर्दछ । यदि एक हप्तासम्ममा पनिज्वरो घटेन दोहो¥याएर चेक अप गराउन जानु पर्दछ ।
१०. यदि हेमोरेजिक डेंगु (रक्तश्राव हुने खालको) तथा डेंगु शक (डेंगुका कारण बेहोश हुने) भयो वा हुन थाल्यो भने अस्पतालमै राखेर उपचार गर्नुपर्दछ । त्यस्तो विरामीको दिनहुँ रगत परीक्षण गरि रगत जमाउने पदार्थ प्लेटलेट्सयुक्त रगत सम्म चढाउनु पर्ने, अक्सिजन वा भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने सम्म हुन्छ ।
११. लामखुट्टे वृद्धि हुने थलो भनेकै पानी जम्ने ठाउँ भएकोले घर वरिपरि, कौसी, छाना, बार्दलीमा पानी जम्ने खालका गमला, बट्टा, ड्रम, गाडीको टायर, खाल्टाखुल्टी आदिमा जमेका पानी फालिदिनु वा पुरिदिनु पर्दछ ।पानीको ट्यांकीपनि राम्ररी ढाक्नु पर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका आधा जनसंख्या डेंगुको जोखिममा छन् । सोही संगठनका अनुसार समयमै रोगको पहिचान गरि माथि उल्लेखित उपचार गर्न थालेको खण्डमा प्रभावित विरामीको मृत्युहुने सम्भावना एक प्रतिशतभन्दा कम छ । सन् २००४ मा पहिलो पटक नेपालको चितवनमा देखा परेको डेंगु संक्रमण पटक पटक देखा परिरहेको छ । वर्षात् मौसमसँगै नेपालका विभिन्न भागमा डेंगुका केसहरु भेटिन थालेका छन् । लाक्षणिक उपचार मात्र गरे पुग्ने भएकोले त्रसित भई हाल्नुपर्ने अवस्था भने छैन ।




