काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा लगानी गर्नका लागि बंगलादेशी लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाल–बंगलादेश फ्रेन्डसिप अवार्ड २०२४’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले बंगलादेशी नागरिकलाई ढुक्कले लगानी गर्न आह्वान गर्दै लगानी सुरक्षाको जिम्मेवारी नेपालले लिने बताए ।
उनले भने, ‘ जुनसुकै क्षेत्रमा पनि बंगलादेशी नागरिकले नेपालमा लगानी गर्न चाहान्छन् भने हामी स्वागत गर्छौं । नेपालमा लगानी गर्नका निम्ति हामी आह्वान मात्र गर्दैना,ैं हामी स्वागत मात्र गर्दैनौं, तपाईको लगानीको सुरक्षाको जिम्मेवारी पनि हामी लिन्छौं ।’
नेपाल र बंगलादेशको सम्बन्ध स्थानीयस्तरबाट मात्र नभइ आर्थिक र व्यवापारीक रुपमा समेत मजबुत बनाउनुपर्ने तामाङको भनाइ छ ।
उनले भने, ‘ बंगलादेश र नेपालबीचको सम्बन्धलाई जनस्तरमा मात्र होइन् । सास्कृतिक स्तरमा मात्र होइन् । आर्थिक स्तरमासमेत अथवा व्यापारीक स्तरमा मजबुद बनाउने ढङ्गले अगाडि बढेको छौं । बढ्नुपर्दछ । ’
नेपाल बहुजातीय र बहुभाषिक राष्ट्र भएपनि धार्मीक रुपमा कहिले पनि कलह नभएको तामाङले बताए ।