
राजविराज । अविरल वर्षाका कारण त्रियुगा नदीमा बाढी आउँदा सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।
वडाअध्यक्ष जाहिर हुसेनका अनुसार पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको छ । यसैले उक्त बस्तीका प्राय सबै नजिकैका मस्जिद र आफन्तको शरणमा गएका पनि उनले बताए ।
जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले बस्ती डुबानमा परेको खबर पाएलगत्तै सेना, सशस्त्र, नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको र कुनै मानवीय क्षति नभएको जानकारी दिए ।






