काठमाडौ । मुस्लिम धर्माबलम्बीहरुको दोस्रो पर्व बकर इद(इदुल जोहा) सोमबार मुस्लिम समुदायले भब्यताका साथ मनाउँदैछन् ।
इदुल फित्र वा रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने परम्परा रही आएको छ ।
आजको दिन मस्जिद र इदगाहमा धर्माबलम्बीहरुको धेरै भीड लाग्दछ । सरकारले आज यो पर्व मनाउन देशभर सार्वजनिक विदा दिएको छ ।