पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिग बजार नजिकै भएको सवारी दुर्घटनामा २० जना घाइते भएकामध्ये पाँचजनाको अबस्था गम्भिर रहेको छ ।
आज बिहान नेपालगञ्जबाट काठमाडौ गइरहेको भे १ ख ४०६० को यात्रुबाहक बस र काठमाडौबाट मुग्लिनतर्फ गैरहेको बा ०२ ०३९ च ३७२० नम्बरको कार आपसमा ठोकिंदा बस नदी किनारमा खसेको प्रहरीले जनाएको छ । बसमा सवार ४५ जना यात्रुमध्ये २० घाइते भएका छन् । घाइतेमध्ये पाँचको अबस्था गम्भिर रहेको र अरु यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।