सिन्धुली। मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी सहायक निरीक्षकको मृत्यू भएको छ भने अर्का प्रहरी घाइते भएका छन् ।
आज भएको दुर्घटनामा परि उपचारार्थ लैजाँदा रत्नावती प्रहरी चौकी इन्चार्ज असई रविन्द्र ठाकुरको मृत्यू भएको हो । मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठ घाइते भएका छन् । उनको खुर्काेट अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।