तनहुँ । आँबुखैरेनी मुग्लिन सडकखण्ड तीनघण्टा बन्द हुने भएको छ ।
आँबुखैरेनी गाउँपालिका ४ साँखर ड्याम नजिक सडक भासिएकोले सडक मर्मत गर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ । आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको उक्त कार्यालयले जनाएको छ ।
विसं.२०७९ सालमा वर्षाको कारण उक्त ठाउँमा सडक भासिएको थियो । उक्त कार्यमा सघाउ पुर्याउन प्रशासन र सर्वसाधारणलाई समेत सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।