काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजदुत फिर्ता बोलाउने सरकारको निर्णयप्रति संसय प्रकट गरेका छन् ।
शनिवार सामाजिक सञ्जाल मार्फत नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् ।
सरकारले भारत,अमेरिका लगायत ११ देशका राजदुत फिर्ता बोलाउने निर्णय पछि उनले लामो घनिष्ठ सम्बन्ध,व्यापारको झण्डै दुईतिहाइ हिस्सा,आर्थिक,सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत,त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ?उनले प्रश्न गरेका छन् ।