काठमाडौं । चर्चित रुसी साहित्यकार अलेक्सान्द्र पुश्किनको २२५ औं जन्मजयन्ती मनाइएको छ । रुसी साँँस्कृतिक केन्द्र कमलपोखरीमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माले पुश्किनको सालिकमा माल्यार्पण गरी पुश्किनको सम्मान गरिन । सोही कार्यक्रममा पुश्किनको जन्मथलो सहितको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
नेपाल रुस साहित्य समाजका अध्यक्ष जंगब चौहानले अहिले पनि पुश्किनका कविता कालजयी र सान्दर्भिक रहेको बताए । उक्त कार्यक्रममा कवि तथा साहित्यकारहरुले आफ्ना रचना बाचन गरेका थिए ।
प्रत्येक बर्ष जुन ६ मा पुश्किनको जन्मजयन्ती मनाइन्छ ।