काठमाडौं । आज पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ । नेप्से ५८.९३ अंकले घटेर दुई हजार ४ सय ७० दशमलव ३९ विन्दुमा बन्द भएको हो ।
नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । सो अंकको कमीपछि २४७० मा कायम भएको छ । नेप्से २५४७ अंकसम्म पुगे, जुन इन्ट्राडेको उच्चतम विन्दु रह्यो । त्यसपछि भने बजार एकोहोरो ओर्लिरह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको कारोबार भयो ।
आज कारोबार भएका कम्पनीमध्ये १० वटाको बढेको छ भने २३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७.८३ प्रतिशतले बढेर प्रतिकित्ता ८७९ रुपैयाँ पुगेको छ ।
हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १८ करोड ४१ हजार बराबरको कारोबार भएको छ । एक दुईजना शेयर मार्केट विश्लेषकका अनुसार दशैंका कारण शेयर किन्नेभन्दा बेच्नेको संख्या बढी भएकाले नेप्से उकालो लाग्न नसकेको र अबको शेयर मार्केटको भविष्य दशैंतिहारपछि मात्रै एकिन गर्न सकिने भएको छ ।