
काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।विहिबार सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य पछाएको आर्मीले २०.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।आर्मीको जितमा कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेका थिए भने कुशल मल्लले २६ रन बनाएका थिए ।यसअघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३८.१ ओभरमा अल आउट हुदै १५० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले सर्बाधिक ६३ रन बनाएका थिए भने अभिषेक पलले २४ रन बनाएका थिए ।त्यस्तै आर्मीका बलर बसिर अहमदले ५ विकेट लिए भने शहाब आलमले २ विकेट लिएका थिए । यो जितपछि त्रिभुवन आर्मीको ७ खेलमा १३ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमको भने ८ खेलमा १० अंक रहेको छ र दोस्रो स्थानमा छ ।




