काठमाडौँ । इङल्याण्डले पाकिस्तानलाई पराजित गदै सेमिफाइनलमा पुगेको छ ।
जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई २ विकेटले पराजित गरेर सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको हो ।
पाकिस्तानले दिएको १६५ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
इङल्याण्डको जितमा कप्तान ह्यारी ब्रुकले शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले २८ र साम कुरानले १६ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ४ विकेट लिए भने उसमान तारिकले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
पाकिस्तानका लागि साहिबजादा फरहानले सर्बाधिक ६३ रन बनाएका थिए भने बाबर आजम र फकर जमानले २५-२५ तथा शदाब खानले २३ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलरलियाम डावसनले ३ तथा जोफ्रा आर्चर र जामी ओभरटनले २-२ विकेट लिएका थिए ।
यो जितपछि इङल्याण्डले सुपर आठमा लगातार दुई जित हासिल गर्दै विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको पहिलो खेल बर्षाले रद्ध भएको पाकिस्तान यो हारपछि सेमिफाइनलको यात्रा मुश्किलमा परेको छ ।