काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गतको खेलमा नेपाल र भुटानबीचको पहिलो हाफको खेल सकिएको छ ।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ । नेपालले खेलको १०औं मिनेटमा सेनु परियारको गोलमा अग्रता लिएपनि भुटानले १८औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।
त्यस्तै नेपाल रहेको समुह ए अन्तर्गतकै आज सम्पन्न पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले पराजित गरेको थियो ।