काठमाडौं, असार २८ गते । सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् । सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।