काठमाडौं । युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच प्रतिष्पर्र्धा हुनेछ ।
स्पेन र जर्मनी बीचको खेल राति ९.४५ बजे तथा पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२.४५ बजे सुरु हुनेछ ।
यी सबै टिम यूरोकपका पूर्व च्याम्पियन हुन् । आज यि चार मध्ये दुई बाहिरिनेछन् ।
स्पेन र जर्मनी युरोको सर्वाधिक सफल टोली हुन् । दुवैले समान ३ पटक युरो जितेका छन् ।
जर्मनीले प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पराजित गरेको थियो । यस्तै स्पेनले जर्यालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
यस पटक स्पेन र जर्मनी दुवै टोली लयमा देखिएका छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । आजका दुबै खेलहरु रोमाञ्चक हुनेछन् ।