काठमाडौँ । आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरी र प्यासिफिककी श्रृष्टि जैशवाल सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा आरतीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सन्चरी चक्रबर्तीलाई ११–८, ११–६ र ११–७ तथा श्रृष्टिले नेपाल प्रहरीकी नविता श्रेष्ठलाई ४–११, १०–१२, १४–१२, ११–५ र ११–५ को सेटमा पराजित गरे ।
सोही स्पर्धामा ग्लोबल टेबलटेनिस एकेडेमीकी सन्चुता चतर्जीले दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषलाई ११–७, ११–८, ९–११ र १४–१२ तथा ग्लोबलकी अनन्या सन्त्रले प्यासिफिककी गुनगुन शाहलाई ११–४, ११–१३, ११–७ र ११–८ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष सिंगल्समा आयोजक क्लबका राहुल मलिकले ग्लोबलका राहुल दासलाई ११–७, ११–५ र ११–९ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।