काठमाडौ । नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ(क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।
आइतबार महासंघले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दको राजीनामा माग गरिएको हो । अध्यक्ष चन्द आइसीसीले नेपाललाई विश्वकपको लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिग स्टापमध्ये डाक्टरलाई टिममा नराखी उक्त स्थानमा श्रीमती सहित आफैं अमेरिका पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
यसैगरी चन्दले अमेरिकाका खेलाडीहरुलाई चन्दा उठाउने हेतुले राती होटलमा उभ्याएको र फोटो खिचाउने काममा लगाएको आरोप लगाउँदै उक्त कुराको सत्यतथ्य बारे छानविन गर्न माग गरेको छ ।