
काठमाडौं ।नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिनुभएको हो ।
ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ । युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ ।
अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।स्कटल्यान्ड ११ औं, आयरल्यान्ड १२ औं, जिम्बावे १३ औं र नेदरल्यान्ड्स १४ औं स्थानमा यथावत छन् । भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो, न्युजिल्यान्ड पाँचौं, श्रीलंका छैटौं, इंग्ल्यान्ड सातौं, बंगलादेश आठौं, अफगानिस्तान नवौं र वेस्ट इण्डिज दशौं स्थानमा छन् ।
अलराउन्डरतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी ६ स्थान तल झर्दै ४८औं, कुशल मल्ल ५१औं तथा सोमपाल कामी ५३औं स्थानमा छन् । आईसीसीले जारी गरेको बलिङ तर्फको वरीयतामा भने सन्दीप ४८औं स्थानमा यथावत् छन् ।





